nepal telicom

राष्ट्रपतिलाई सरकारले दियो फेरि १० लाख उपचार खर्च

काठमाडौं । आफ्नो उपचार आफ्नै खर्चमा गर्ने घोषणा गरेका राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारले फेरि १० लाख दिएको छ । राष्ट्रपति पौडेलको स्वास्थ्य उपचारका लागि सरकारले थप करिब १० लाख रूपैयाँ उपलब्ध गराएको हो ।

अर्थ मन्त्रालयले राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन २०७४ अनुसार यो रकम उपलब्ध गराएको भन्दै राष्ट्रपतिको उपचार खर्चको निम्ति थप १० लाख उपलब्ध गराएको हो।

२०८० साउन महिनादेखि मङसिरसम्मको आर्थिक सहायता विवरणअनुसार राष्ट्रपतिको उपचारमा ९ लाख ९६ हजार ९ सय ३५ रूपैयाँ उपलब्ध गराइएको उल्लेख छ।

अर्थ मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा यो रकम निकासा गरी राष्ट्रपतिको उपचारमा खर्च गरिएको उल्लेख छ। गत आर्थिक वर्षमा राष्ट्रपतिको उपचारको लागि ५५ लाख रूपैयाँ सरकारले उपलब्ध गराएको थियो।

adb bank long