संकल्प यात्रा सफल भएको एमालेको निष्कर्ष , ८ गते विशेष पत्रकार सम्मेलन

Telecom

काठमाडौ ।।नेकपा एमालेले ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ सफल भएको निष्कर्ष निकालेको छ।

पार्टी मुख्यालय ललितपुरमा हिजो भएको सचिवालय बैठकले यात्राको समीक्षा गर्दै त्यो पूर्णरुपमा सफल भएको निष्कर्ण निकालेको उपमहासचिव पृथ्वी सुब्बा गुरुङले बताए ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा हिजो भएको सचिवालयको अनौपचारिक बैठकमा नेताहरुले एमालेको यात्रालाई अभूतपूर्व रुपमा साथ दिएर अपनत्व लिएको बताएका छन् । अध्यक्ष केपी शर्मा ओली सहित पदाधिकारीको अनौपचारिक बैठकले यात्रामा साथ दिने सम्पूर्ण नेता,कार्यकर्ता,शुभचिन्त्कहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।

आज पुष ५ गते मध्यपहाडी यात्राको समिक्षा सहित पत्रकार सम्मेलन मार्फत गरिने भनिएको कार्यक्रम आठ गतेका लागि सारिएको छ । लामो यात्राको प्रतिवेदन लेखन,अन्य कार्यक्रमहरुको तयारीमा केही समय लाग्ने भएकोले आजको कार्यक्रम आठ गतेलाई सारिएको हो ।

आठ गते दिउसो एक बजे पार्टी केन्द्रीय कार्यालयमा विशेष पत्रकार सम्मेलन गरेर यात्राबाट एमालेले पत्ता लगाएका मध्यपहाडका समस्या र समाधानका उपायका बारेमा जानकारी गराउने भएको छ ।

adb bank long