nepal telicom

आजको मौसम : तराईमा हुस्सु , अरू ठांउमा कस्तो छ त ?

काठमाडौ । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ । आज बिहीबार दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ । राति पनि यो क्रमले निरन्तरता पाउने छ । देशभरको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।

adb bank long