सर्बोच्चका प्रस्तावित न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदित

काठमाडौ । सर्बोच्च अदालतका प्रस्तावित ६ जना न्यायाधीशको नाम संसदीय सुनुवाई समितिबाट सर्बसम्मत रुपमा अनुमोदित भएको छ ।

आज बसेको समिति बैठकले न्यायाधीशमा प्रस्तावित सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकालको नाम अनुमोदन गरेको हो ।

उनीहरूको २९ मंसिरदेखि सुनुवाइ जारी थियो । उनीहरूविरुद्ध परेका उजुरीमाथि करिब एक साता लामो सुनुवाइपछि सबैजनाको नाम समितिबाट सर्वसम्मतिले अनुमोदन भएको हो । न्यायपरिषद्को सिफारिसपछि उनीहरूबारे गत मंसिर २४ गतेदेखि संसदीय समितिमा सुनुवाइ अघि बढेको थियो ।

 

adb bank long