nepal telicom

रवि लामिछानेलाई गृहमन्त्री बनाउने प्रचण्डको तयारी

काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी भएर करिव एक महिनामा सरकार छाडेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फेरि सरकारमा जाने गृहकार्य सुरु गरेको छ । सरकारलाई दिएको समर्थन कायमै राखेर सरकारबाट बाहिरिएको रास्वपा फेरि सरकारमा सहभागी हुन लागेको हो ।

रास्वपकाको पार्टी पदाधिकारी र संसदीय दलको बैठकमा अधिकांश नेताहरुको राय सरकारमा सहभागी हुने पर्ने रहेको रास्वपा निकट स्रोत बताउँछ । प्रधानमन्त्री प्रचण्डले पनि रास्वपालाई सरकारमा सहभागी हुन आग्रह गरिरहेको उनी निकट स्रोतको दाबी छ । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले रास्वपालाई गृह र श्रम मन्त्रालय दिन तयार भएको बताइएको छ । तर, रास्वपाको कानुन वा स्वास्थ्य मन्त्रालयको नेतृत्व पनि पाउनुपर्ने अडान रहेको बताइएको छ ।

नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले पनि रास्वपा र प्रचण्डबीच सरकारमा सहभागी हुने विषयमा संवाद भइरहेको बताए । उनले मन्त्रालयको भागबण्डामा कुरा नमिलेको समेत खुलासा गरे । अहिले सरकारको तीब्र आलोचना गरिरहेको रास्वपा सरकारमा सहभागी भएपछि उसले यही सरकारलाई राम्रो र रामराज्य ठान्ने नेता दाहालको दाबी छ ।

‘उहाँ (रास्वपा) हरु पाए गइहाल्नु हुन्छ । वहस छलफल चलिरहेको छ । छलफल चलिरहेको छ, कुरा नमिलेको मन्त्रालयमा छ । मन्त्रालय मिल्नेवित्तिकै यो सरकार रामराज्य भइहाल्छ,’– उनले भने ।

adb bank long