nepal telicom

पुस १० गतेसम्म उपत्यका बाहिर नजान मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन , बालुवाटारमा के खिचडी पाक्दैछ ?

काठमाडौ । प्रधानमन्त्री प्रचण्डले आगामी पुस १० गतेसम्म मन्त्रीहरुलाई उपत्यका बाहिर नजान कडा निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुलाई उपत्यका बाहिरका कार्यक्रम नबनाउन निर्देशन दिएको बालुवाटार श्रोतले बताएको छ। प्रचण्डको यो संकेतले मन्त्री मण्डल पुनर्गठन गर्ने तयारीमा लागेको बताउछ ।

प्रधानमन्त्री प्रचण्डले १० गते मंगलबार विशेष सम्बोधन गर्ने तयारी गरेका छन्। त्यसअघि नै उनले आफ्नो दोस्रो वर्षको कार्यकाल पहिलो वर्ष जस्तो नहुने सन्देश दिनेगरी केही स्टेप चाल्न  खोजिरहेका प्रधानमन्त्री सचिवालयका एक सदस्यको दाबी छ।

प्रधानमन्त्री प्रचण्डले आशाबिना कुनै पनि राष्ट्रले प्रगति नगर्ने बताउँदै आफू त्यतातिर लागेको बताउँदै आएका छन्। उनले भन्ने गरेका छन्,  ‘आशा विना कुनै पनि देशले प्रगति गर्न सक्दैन। आशा अर्थात् होप क्रियट गर्नुपर्ने चुनौतीपूर्ण दायित्त्व महसुस गरेको छु।’

बितेका १ वर्षमा केही मन्त्रीहरुको ‘रिपोर्ट कार्ड’ निकै कमजोर देखिएको समीक्षासँगै उनले दोस्रो वर्षको सुरुवात नयाँ मन्त्रीबाट गर्न चाहेको प्रधानमन्त्री प्रचण्ड सचिवालयका एक सदस्यले बताए।

त्यसको संकेत उनले सार्वजनिक कार्यक्रममार्फत् समेत गरिरहेको सचिवालयका ती सदस्यको दाबी छ। सोमबार ललितपुर महानगरपालिकाको स्थापना दिवस समारोहमा प्रधानमन्त्री प्रचण्डले अबको १ वर्ष फरक ढंगले काम गर्न चाहेको बताएका थिए। उनले भनेका थिए, ‘एक वर्षपछि अर्को ढङ्गले काम गर्न चाहन्छु। प्रदेश र स्थानीय तहलाई बलियो बनाउनका लागि मैले फरक ढङ्गले काम गर्न लागेको छु।’

adb bank long