nepal telicom

बालुवाटारमा माओबादी कार्यकर्ता हराएको कुरा उठेपछि …

काठमाडौ । सत्तारुढ दल नेकपा माओबादी केन्द्रको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो मंगलबार बाट सुरु भएको छ । बैठकमा माओवादी कार्यकता गायव भएको बिषयले स्थान पाएको छ । बैठकमा मुख्य एजेण्डा भने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को समीक्षा, विधान महाधिवेशन र केन्द्रीय कमिटी बैठक छन् । बैठकको पहिलो दिन तीन महिने अभियानका क्रममा भएका गतिविधिको रिपोर्टिङ भएको छ ।

अभियान ८० प्रतिशत सफल भएको रिपोर्टिङ गरेका नेताहरुले पुराना कार्यकर्ता माओवादीमा नरहेको चिन्ता गरेका थिए । पार्टी सचिव देवेन्द्र पौडेलका अनुसार, पार्टीका आधा भन्दा धेरै पुराना कार्यकर्ता अभियानमा नभेटिएको नेताहरुले रिपोर्टिङ गरेका थिए ।

प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चार महिने अभियानको समीक्षा, विधान सम्मेलनलाई मुख्य एजेण्डका रुपमा बैठकमा पेस गरेको उनले बताए । बैठकमा सातै प्रदेशका इन्चार्जले समीक्षात्मक रिपोर्टिङ गरेका थिए ।

adb bank long