फिस्टेल एकेडेमीद्वारा आयोजित ‘फिस्टेल स्पोर्टस् फेस्ट’ अनौपचारिक रुपमा सुरु

Telecom

पोखरा । पोखरा १७ तल्लो बिरौटामा स्थित फिस्टेल एकेडेमी मावि द्वारा आयोजित ‘फिस्टेल स्पोर्टस् फेस्ट’ अन्तर्गत केही खेलहरु औनपचारिक रुपमा मंगलबार बाट सुरु भएका छन् ।

बिधालय स्थापनाको २९ औं बार्षिकोत्सबको अवसरमा यहि पौष ५ देखि ७ गते सम्म संचालन हुने स्पोर्टस फेष्ट अन्तर्गत टेनिस र सेभेन ए साइड प्रतियोगिता सुरु भएको विद्यालयका संस्थापक अध्यक्ष चिनु रानाभाटले  जानकारी दिएका छन् । रानाभाटका अनुसार प्रतियोगिताका केही इभेण्ट मंगलबारबाट सुरु भए पनि औपचारिक उद्घाटन भने पौष  ५ गते हुनेछ।

प्रतियोगीताको बारेमा जानकारी दिदै विद्यालयका प्रबन्ध निर्देशक एलिस रानाभाटका अनुसार तर्फ छात्रतर्फ सेभेन ए साइड फुटबल र टेनिसतर्फका खेलहरु सुरु भएका छन् ।

प्रतियोगितामा देशभरका ५० विद्यालयहरूको सहभागिता रहेको विद्यालयले जनाएको छ । प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूलाई सहभागी हुनेछन् । बास्केटबल र सेभेन ए साइडमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालय तथा टिमले क्रमशः जनही नगद रु ७५ हजार, ३५ हजार र २० हजार नगद पुरस्कारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

विद्यालयस्तरमा आयोजना हुने खेलकुद कार्यक्रम मध्ये यो सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता समेत हो ।

प्रतियोगितामा टेनिसतर्फ छात्र र छात्रातर्फ १६ वर्षमुनि, १२ वर्षमुनि र ९ वर्षमुनिका खेलहरू समाबेश छन् । टेनिस प्रतियोगितामा समेत पनि आकर्षक पुरस्कार रहेको विद्यालयले जनाएको छ । विद्यार्थीहरूमा शैक्षिक विकासका साथै खेलकुदमार्फत उनीहरूको चौतर्फी विकास गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको कुरा विद्यालयका सह प्राचार्य कमल लामिछानेले जानकारी दिएका छन् ।

सेभेन ए साइड फुटबलयसै विच ‘फिस्टेल स्पोर्टस् फेस्ट’को पहिलो दिन सेभेन ए साइड फुटबलमा ६ विद्यालयहरुले पहिलो चरण पार गरेका छन्  ।

मङ्गलबार भएका खेलहरूमा अक्सफोर्ड र शान्तिनिकुञ्ज स्कुलबिच भएको खेलमा टाई ब्रेकरमा ३–२ गोलसहित शान्तिनिकुञ्ज स्कुलले जित हासिल गरेको छ । यसैगरी दोस्रो खेलमा बालकल्याण र युनिभर्स स्कुलबिच भएको खेलमा २–० गोलसहित बालकल्याण स्कुल अगाडि बढ्दा विन्ध्येश्वरीले कालिकालाई ४–० ले पराजित गरि आफ्नो यात्रा सुरक्षित राखेको छ ।

शिशुकल्याण र बालोदयबिच भएको खेलमा बराबरी ४–४ गोल भएपछि टाई ब्रेकरबाट ३–२ गोलसहित शिशुकल्याणले स्थान सुरक्षित गरेको छ ।

टेनिसयसैगरी १४ वर्षमुनिको लन टेनिसतर्फ भएका पहिलो चरणका खेलमा गण्डकी बोर्डिङ स्कुलका प्रफुल श्रेष्ठले फिस्टेल एकेडेमीका प्रसिद्ध पराजुलीलाई ६–०, ६–१ को सोझो सेटले पराजित गरी आफ्नो यात्रा सुरक्षित राखे ।

यस्तै १२ वर्षमुनिको दोस्रो खेलमा फिस्टेल एकेडेमीका सुवान के.सीले फिस्टेल एकेडेमीकै जेनिश ढकाललाई ६–१, ६–१ को सोझो सेटमा पराजित गरे । यसैगरी १६ वर्षमुनिको तेस्रो खेलमा फिस्टेल एकेडेमीका सृजन भट्टराईले गण्डकी बोर्डिङ स्कुलका प्रफुल श्रेष्ठलाई ६–०, ६–० को सोझो सेटमा पराजित गरे ।

बुधबार पनि फुटबलका ६ खेलहरू, बास्केटबल छात्र–छात्रा र टेनिसका विभिन्न खेलहरू सञ्चालन हुने कुरा विद्यालयका सहप्राचार्य कमल लामिछानेले जानकारी गराएका छन् ।

स्पोर्टस फेस्ट अन्तर्गत सेभेन ए साइड फुटबलतर्फ २८ स्कुल सहभागी रहेका छन् ।

adb bank long