लोसपा फुटको संघारमा : महन्थ छलफल गर्दै , राजेन्द्र नयाँ पार्टी बनाउँदै

Telecom

काठमाडौ । सत्तारूढ दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को मङ्सिर २४ गते भएको केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता राजेन्द्र महतोले बैठक बहिष्कार गरे । महतोको यो बैठक बहिष्कारलाई पार्टी बिभाजनको कसरतकारुपमा हेरिएको छ ।

महतो पछिल्ला दिनहरूमा सार्वजनिक चर्चामा छैनन्। अनि उनी पार्टी बैठकहरूमा पनि सहभागी हुन किन छाडे त भन्ने प्रश्न छ नै ।

“पार्टी पार्टीजस्तो नै भएन, यसरी त पार्टी चल्न सक्दैन,” महतो भन्छन् , “अब मधेशदेखि पहाडसम्मका शोषण, उत्पीडन, अन्याय र अत्याचारमा परेका सबै वर्ग र समुदाय एकजुट हुनुपर्छ। राष्ट्रिय मुक्ति आन्दोलनबाट नै नयाँ राजनीतिक शक्तिको उदय हुन्छ। त्यसमै काम गरिरहेको छु।”

महतो भन्छन्, “अब लोपसाले आफ्नो अस्तित्व गुमाइसक्यो, लोसपा लोसे भइसक्यो, काम लाग्दैन।”

महतोको यो भनाइले पनि उनी लोसपा ब्रेक गरेर नयाँ पार्टी निर्माणतर्फ काम गरिरहेको प्रष्ट बुझ्न सकिन्छ । तर उनीसँग को को नेताहरु छन् भन्ने उनी खुलाउन चाहान्नन ।

सत्तामा रहँदा मौन बस्ने र सडकमा चर्को कुरा गर्ने भन्दै कतिपयले त्यस्ता नेताहरूको आलोचना गर्ने गरेका छन्। त्यसैले उनीहरूप्रति जनताको गहिरो अविश्वास रहेको बताउने गरिन्छ।

त्यो कुरा स्वीकार गर्दै महतो भन्छन्, “हो, तर पहिले गर्न सकिएन भन्दैमा हरेस खाने कुरा भएन। हामी सबै एकजुट भएर नयाँ विकल्प दिने गरी अघि बढ्नुपर्छ।”

कतिपयले अध्यक्ष महन्थ ठाकुरले सन्तुलन मिलाउने गरी केन्द्रीय समिति पुनर्गठन गरेमा वा उनलाई भूमिका दिएमा महतो सन्तुष्ट हुन सक्ने आकलन गर्छन्।

adb bank long