अदालतबाट न्याय पाएपछि वीरका कार्यकारी निर्देशक पौडेल भन्छन् – आजैबाट थप उर्जाका साथ काम गर्छु

Telecom

काठमाडौं । वीर अस्पतालको निर्देशकबाट पूर्वाग्रही ढंगले डा. सन्तोष पौडेललाई हटाउने स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको निर्णयलाई सर्बोच्च अदालतले खारेज गरिदिएको छ । सर्बोच्चले डा. पौडेलको पक्षमा अन्तरिम आदेश दिएको छ। मंगलबार सर्वोच्चका न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।

यो आदेशसँगै वीरको निर्देशकबाट हटाइएका डा सन्तोष पौेडेललाई पुनः वीर अस्पतालमा पुनर्वहाली हुने बाटो खुलेको छ।

वीर अस्पतालका निर्देशकबाट हटाइएका डा सन्तोष पौडेलले पुनर्वहालीको माग राख्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

स्वास्थ्यमन्त्री मोहन बस्नेतले गत मंसिर १४ गतेको मन्त्रीस्तरीय निर्णयबाट पौडेललाई वीर अस्पतालको निर्देशक पदबाट हटाएर मन्त्रालयमा हाजिर हुन निर्देशन दिएका थिए।

त्यसलगत्तै डा पौडेलले पुनर्वहालीको माग राख्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

आज अदालतबाट न्याय पाएपछि पौडेलले आजैबाट जिम्मेवारी सम्हाल्ने जानकारी दिएका छन् । ‘सर्वोच्च अदालतले न्याय दिएको छ । नीति विपरित गरेको काम कुनै हालतमा पनि उपयुक्त थिएन। मैले जुन माग राखेको थिएँ । त्यो कुरालाई न्यायलयले सदर गरिदियो । फेरि पनि जनताको पक्षमा काम गर्न मलाई उर्जा दिएको छ । म आजैबाट काम सुरु गर्छु ।’ – उनले भने ।

adb bank long