nepal telicom

गण्डकी कांग्रेसमा सम्मेलन उद्घाटन नहुदै बबाल मच्चियो

पोखरा । नेपाली कांग्रेस गण्डकीको प्रथम सम्मेलनको उद्घाटन अगाडि बबाल भएको छ । पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा उपस्थित कार्यक्रममा ब्यानरमा लेखिएको ‘भ्रष्टाचार’ शब्दलाई लिएर पार्टीमा बबाल भएको हो । पार्टी नेतृत्वको असन्तुष्टि र विवादपछि सभापति देउवाको निर्देशनमा उक्त शब्दलाई टेप लगाएर मेटाइएको छ ।  यो संगै नेता शुक्रराज शर्मा आक्रोशित हुँदै देउवा विरुद्ध खनिएका थिए ।

तयार गरिएको ब्यानरको सुरुमै ‘विरासतको रक्षा गरौँ नेपाली कांग्रेस बचाऔँ’ भन्ने नारा तय गरिएको थियो भने सँगसँगै ‘इमान भएकाहरुलाई जिम्मेवारीमा राखौँ, भ्रष्टाचारबाट पार्टीलाई बचाऔँ, कांग्रेसी चरित्र पुनः स्थापित गरौँ’ भन्ने नारा पनि ब्यानरमै राखिएको थियो ।

तर ब्यानरबाट लेखिएको ‘भ्रष्टाचारबाट पार्टीलाई बचा‍‍‍औँ’ भन्ने वाक्यांशसहितको नारामा नेतृत्वले नै असन्तुष्टि जनाएपछि त्यसलाई  हटाइएको एक नेताले जानकारी दिए ।

टेप लगाएर भ्रष्टाचारबाट पार्टीलाई बचा‍‍‍औँ’  भन्ने वाक्यांश मेटाइएको ब्यानरमुनि सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, उसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायतका नेताहरु बसेका छन् ।

adb bank long