काठमाडौ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।आज मंगलवार मुलुकका अधिकांस स्थानमा आंशिक बदली रहने छ । बाँकी भेगको मौसम भने समान्यतः सफा रहने जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले बिहान पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।बाकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
महाशाखाका अनुसार दिउसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
विभागले राति कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।