माओवादी नेता जनार्दनका ज्वाइँ पक्राउ

Telecom

काठमाडौं । भिजिट भिसामा विदेश पठाउने प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका केही कर्मचारी संलग्न रहेको भन्दै प्रहरीले अप्रेसन चलाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेका एयरलाइन्स र अध्यागमनका कर्मचारीले एजेन्टलाई मोटो रकम दिएर सेटिङ गर्ने गरेको प्रहरी अनुसन्धानले देखाएको बताईन्छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले यससम्बन्धी अनुसन्धान अघि बढाएको छ ।

अध्यागमन अधिकृत नरबीर खड्का पक्राउ परेपछि जालो देखापरेको छ । अधिकृत खड्काले माओबादी नेताहरुको आडमा यस्तो कार्य गर्दै आएको खुलेको छ । खड्का माओवादी नेता तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माका आफन्त रहेको खुलेको छ । खड्का माओबादी नेता शर्माका ज्वाइँ नाता पर्ने श्रोतको दावी छ। त्यस्तै माओबादी नेतृ विमला केसीका नातेदार हुन् । केसी हाल प्रदेश सांसद छिन् भने कर्णाली प्रदेशकी पूर्वमन्त्री तथा माओवादी केन्द्र प्रदेश कमिटी अध्यक्ष हुन् ।

यो प्रकरणमा हालसम्म ट्राभल एजेन्सी सन्चालक, एजेन्ट, एयरलाइन्सका कर्मचारीलगायत पक्राउ परेका छन् । एयरलाइन्समा नेपाल एयरलाइन्सका मात्र कर्मचारी पक्राउ परेपनि अन्य ५ वटा एयरलाइन्सका कर्मचारी पनि संलग्न भएको प्रारम्भिक अनुसन्धानमा देखिएको ती अनुसन्धान अधिकृतले जानकारी दिए ।

adb bank long