nepal telicom

पाँचलाख घुसको रकमसहित वडा अध्यक्ष कार्की पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक वडा अध्यक्षलाई नियन्त्रणमा लिएको छ ।जीतपुर सिमरा उपनगरपालिकाको वडा नम्बर ३ का वडाध्यक्ष तारा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको हो ।

आयोगको कार्यालय हेटौँडाको टोलीले कार्कीलाई ५ लाख रुपैयाँ घुससहित पक्राउ गरेको आयोगले जनाएको छ ।

वडाध्यक्ष कार्कीलाई जीतपुर स्थित जैशवाल होटेलबाट पक्राउ गरिएको आयोगको कार्यालय हेटौँडाका सूचना अधिकारी (उपसचिव) गोविन्द प्रसाद गौतम जानकारी दिए ।

उनले विवरण आईनसकेको भन्दै थप खुलाउन चाहेनन् । वडाबाट हुने सिफारिसका लागी उनले स्थानीय राजन उप्रेतीसँग घुसबापत ५ लाख नगद रकम लिएको प्रवक्ता गौतमले बताए ।

adb bank long