खुल्यो नेपाल मेडिकल काउन्सिलको चिकित्सक लाईसेन्स परिक्षा

Telecom

काठमाडौ । चिकित्सकको ६८औं नाम दर्ता (लाइसेन्स) परीक्षाका लागि आजदेखि आवदेन खुला गरिएको छ।

नेपाल मेडिकल काउन्सिलले आउँदो माघ १७ देखि १९ गतेसम्म लिने परीक्षाका लागि आजदेखि अनलाइन फाराम भर्न सकिने गरी सूचना जारी गरेको हो।

माघ २ गतेसम्म नियमित शुल्कमा र ३ र ४ गते विलम्ब शुल्कसहित आवेदन दिन पाइने काउन्सिलले जनाएको छ।

काउनसिलले लिने परीक्षा इनिजनियरिङ अध्ययन संस्थान पुल्चोकमा कम्प्युटर प्रविधिबाट हुनेछ।

adb bank long