काठमाडौ । आफ्नै घरमा संरक्षणमा राखिएकी बालिका बलतकारको आरोपमा प्रहरीले माओवादी नेतालाई प्रहरीले पक्राउ गरेको छ । एक वर्षदेखि ति किशोराीलाई बलात्कार गरेको आरोपमा गोरखाका भूमिनन्द देवकोटालाई प्रहरीले पक्राउ गरेको हो ।
हिसिला यमि मन्त्री हुँदा उनको पिए समेत रहेका ६५ वर्षीय देवकोटाले ती वालिकालाई एक वर्षदेखि बलात्कार गर्दै आएका थिए । किशोरीले आफू्रलाई बलात्कार गरेको सहन नसकेपछि देवकोटाको घर छोडेर हिडेका थिए । उनलाई देवकोटाले भदौ २६ गते राती अन्तिम पटक जबरजस्ती बलात्कार गरेका थिए । देवकोटाको घरबाट निस्केपछि ती बालिका केटासँग पेप्सीकोलामा बस्दै आएका थिए । ति युवकलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पेप्सीकोला बस्ने २७ वर्षका दीपेश नेपाली रहेका छन् ।
नेपालीले पीडित भनिएकी किशोरीलाई कात्तिक ३० गते बलात्कार गरेको जाहेरीमा उल्लेख छ । हाल दुवै जनालाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।