nepal telicom

एमालेको संकल्प यात्राको टोली आज पूर्वी बिन्दु चिवाभञ्ज्याङ पुग्दै

पाँचथर । नेकपा एमालेले १८ दिन अघि मध्यपहाडी राजमार्गमा सुरु गरेको समृद्धि संकल्प यात्राको आज अन्तिम दिन यात्रा टोली पूर्वी विन्दु चिवाभञ्ज्याङमा पुग्दैछ ।

हिजो पाँथरको फिदिममा बसेको टोली आज विहान त्यहाँबाट प्रस्थान गर्ने र साँझ फिदिमा नै बास बस्ने कार्यक्रम रहेको पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

गौतमका अनुसार फिदिमबाट करिब ५० किलोमिटरको दुरीमा रहेको चिवाभञ्ज्याङमा पुगेर अध्यक्ष केपी शर्मा ओलीले नेपाल भारत सिमानामा राष्ट्रिय झण्डा फहराउनु हुनेछ । ३ हजार २ सय मिटर अग्लो यस ठाउँबाट पुन फर्किएर साँझसम्ममा टोली फिदिम आइपुग्ने प्रमुख गौतमले जानकारी दिनुभयो ।

सम्बन्ध स्थानीय,सन्देश राष्ट्रिय भन्ने नाराका साथ मध्यपहाडका समस्याको पहिचान र समाधानका उपाय खोज्न मंसिर १४ गतेबाट एमालेले झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा सुरु गरेको थियो । यात्राका क्रममा मध्यपहाडी राजमार्गमा पर्ने बैतडी,डडेलधुरा,डोटी,अछाम,दैलेख,जाजरकोट,पश्चिम रुकुम,पूर्वी रुकुमको यात्रा गरेको थियो ।

यसैगरी बागलुङ,पर्वत,कास्की,लमजुङ,धादिङ,नुवाकोट हुदै काभ्रेपलान्चोक,सिन्धुपाल्चोक जिल्लाको यात्रा टोलीले भ्रमण गरेको थियो ।यसैगरी रामेछाप,सिन्धुली,ओखलढुंगा,खोटाङ,भोजपुर,धनकुटा हुँदै यात्रा टोली तेह्रथुमबाट पाँच्थर पुगेको थियो ।

यात्राको क्रममा मध्यपहाडी राजमार्गले नछुने चारवटा जिल्लाहरुमा एमालेको टोली पुगेको छ । जसमा गुल्मी,सुर्खेत,सल्यान र दोलखा रहेका छन् । यसरी मध्यपहाडी राजमार्गमा भित्रका २६ र त्यस बाहिरका चारवटा गरेर ३० वटा जिल्लाका जनतासँग एमालेले संवाद गरेको छ ।

यात्रा टोली भोली बिहान काठमाडौंका लागि प्रस्थान गर्नेछ । काठमाडौं फर्कदा अधिकांस नेताहरु भद्रपुर विमानस्थल भएर काठमाडौं फर्कने तयारीमा हुनुहुन्छ ।

adb bank long