nepal telicom

पार्थिव शरिरसङ्गै अस्तायो महेन्द्र पाण्डेको उदाहरणीय जीवन

गुल्मी जन्मथलो भएपनि काठमाडौलाई कर्मथलाे बनाउँदै आउनुभएका वरिष्ठ पत्रकार, “रिपोर्ट नेपाल” अनलाइनका सम्पादक तथा नेपाल विद्यार्थी सँघ गुल्मीका पुर्व सभापति आदरणीय महेन्द्र पाण्डेको हिजो (बिहीबार) राति बाउन्न वर्षको उमेरमा निधन भएको छ । लगभग तीन दशकदेखि पत्रकारिता क्षेत्रको  क्रियाशीलतामािथ उहाँ सबैलाई एक्लो पारी अस्ताएसङै पुर्णविराम लागेको छ |

मिलनसार, सहयोगी र उदारताले उचाइ चुमेको एक सङ्घर्षशील जीवन अनि सामाजिक सम्बन्धमा बलियोसङ्ग जाेडिएकाे सम्बन्धकाे एक जिन्दगी बिहिवार अकस्मात अवसान भएकाे छ |

यस क्षण निष्ठुरी दैव प्रति गुनासो छ,
राम्रा मान्छेहरु अल्पायुमै चुडाइ लिने तिम्रो यो नमिलेको निर्णय प्रति हाम्राे गंभीर आपत्ति छ ।

आज हिजोझै उहाँ जिवितै बनिरहेको हेर्ने हाम्रो चाहाना खोसिदिएको मा ।गए रात आदरणीय ब्याक्तित्वलाई टप्प टिपि लग्यो निष्ठुरी भगवानले तर स्मृतिमा उहाँको गर्विलो अभिभावकत्व, लर्खराउदै गरेका पाइलाहरुमा निसर्त टेको बनिदिन सक्ने सहयोगी स्वभाव र समाज रुपान्तरणका यथास्थितिवादी अबरोधहरुबिरुद्ध बौद्धिक फाँटमा गर्जिरहने क्रान्तिकारीपनले सदा हामिलाई प्रेरणा बनी मार्ग दर्शन गरि रहने छ ।

उहाँसङ्ग बेतित पलहरु सिकाइ झै बनिर हन्छन्। बाटो अन्धकार बन्दा उहाँका सुझाव उज्यालो झै हुन्थे । तर “आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो, इन्द्रै विन्ती गरुन् झुकेर पदमा त्यो विन्ती मान्दैन त्यो,” नियतिको खेलाले उहाँलाइ नै टिपिलिएको छ ।

अल्पायुमै दिवंगत हुनुभएका श्रीमती र दुई छोरी रहेका पाण्डेप्रति श्रद्धाञ्जलीका साथै शोकसन्तप्त परिवारप्रति हामी हार्दिक समवेदना प्रकट गर्दछौ ।

 

adb bank long