बालकृष्णलाई छुटाउने देउवाकाे खेल, टोपबहादुरमाथि कसले गर्‍यो झेल ?

Telecom

काठमाडौ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा प्रत्यक्ष संलग्न रहेका पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई छुटाउनलाई के–के सम्मको खेल भयो भन्ने कुरा बिस्तारै बाहिर आउँदैछ । जबकी यही मुद्धामा जेल परेका पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव समेत भईसकेका टोपबहादुर रायमाझी जेलमै सड्नुपर्ने अवस्था आएको छ ।

यस प्रकरणमा प्रत्यक्ष संलग्न रहेका खाँणको प्रहरी पक्राउ ताका चपाएको कागजको चिर्कटोसमेतले उनी दोषी ठहरिएका छन् । तर उनलाई एकाएक यस प्रकरणमा सुनपानीले चोख्याएर जेलबाट निकाल्ने जुन प्रपञ्च भएको छ यो कर्तुत इतिहासमा एउटा कालो धब्बाको रुपमा कलंकित हुने नै छ , यसमा दुईमत छैन । खाँण गृहमन्त्री भएकै बेला घटेको यो घटनामा उनलाई को को मिलेर सुनपानी छर्काउने काम भयो ? प्रमाणसहित फेला पारिएको अपराधीलाई कानुनलाई  समेत गुमराहमा पारेर कसरी अपराधीलाई उम्काईन्छ भन्ने प्रमाण पनि हो यो । यसमा प्रमुख राजनीतिक दलको नेताहरुको चलखेलका कारण न्यायलयमाथि नाङ्गो हस्तक्षेप गरेर अपराधी उम्काउने काम भयो भन्दा खासै फरक नपर्ला । किन भने यही मुद्धामा पक्राउ परेका अन्य व्यक्ति जेल जाँदा खाँण मात्र छुट्नु कानुनीराजमाथि बैमानी मात्र नभएर कानुनमाथिको निकृष्ट बलात्कार समेत हो । यसले नेपाली कानुन दैवले जानुन भन्ने उखानलाई समेत चरितार्थ बनाइदिएको छ । अर्कोतिर संयुक्त इजलास हुदा दुई न्यायाधिसबिच राय बाझिनु पनि यसमा ठुलो षड्यन्त्र छ भन्ने अर्को प्रमाण हो।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खाँणको गृहजिल्ला गएर खाँण छुट्ने कुरा गर्नु र यता हिजो उनी छुट्नु स्याल कराउनु र चल्ला हराउनु जस्तेै भएको छ । सभापति देउवासँगै प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको समर्थनबिना यो कार्य असंभवप्राय हो । यसमा ठूलै राजनीतिक चलखेल भएको हामीले सहजै अनुमान गर्न सकिन्छ । आज मात्रै खाँण ३० लाख धरौटीमा जेलबाट छुट्दै गर्दा एमालेको सचिव समेत भैसकेका पू्र्व मन्त्री टोपबहादुर लगायतलाई थुन्नुपर्ने अवस्था कसरी आइप¥यो ? यक्ष प्रश्न यहाँ सिर्जित भएको छ ।

एउटै मुद्धामा जेल परेका कोही जेलभित्र त कोही जेलबाहिर बस्नु भनेको वास्तवमै यो जस्तो घिनलाग्दो कार्य केही हुन सक्देैन। यसको उचित मूल्याङ्कन जनताले गर्ने नै छन् ।

यही मुद्धामा गत जेठ १० मा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौले ३० जनाविरुद्ध मुद्दा दायर गरेको थियो। उनीहरूविरुद्ध ठगी, किर्ते, राज्यविरुद्धको अपराध र सङ्गठित अपराधको अभियोग लगाइएको थियो।

सरकारी वकिलको कार्यालयले अभियुक्तहरूबाट कुल २८ करोड ८१ लाख रुपैयाँ बिगो दाबी गरेको थियो । उक्त प्रकरणमा आरोप लागेका भूतपूर्व मन्त्री रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थीलाई स्वदेश फिर्तीका लागि अभियान चलाइरहेका शरणार्थी नेता टेकनाथ रिजालसहित १६ जनालाई प्रहरीले फरक फरक समयमा पक्राउ गरेको थियो।

त्यसैगरी पूर्वगृहमन्त्री रामबहादुर थापाका तात्कालिन सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वमन्त्री रायमाझीका छोरा सन्दीप रायमाझी तथा बिचौलिया भनिएका केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, टङ्क गुरुङ, सागर थुलुङ राई पनि नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका थिए। उनीहरुमध्ये कोही अझै जेलमा रहेका छन् भने कोही जेलमुक्त भैसकेका छन् ।

यो काण्डमा अहिलेसम्म के– के भएको थियो ?
१ असारः १६ जना आरोपितलाई थुनामा पठाउन अदालतको आदेश

१० जेठः ३० जना आरोपितविरुद्ध मुद्दा दायर

८ जेठः प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझायो

२ जेठः भूतपूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायत १३ जनाको बयान सकियो

१ जेठः आफ्नो पनि नाम मुछिएको भन्दै पूर्वसांसद आङ्टावा शेर्पा प्रहरीसमक्ष आफैँ उपस्थित

३१ वैशाखः सम्पर्कविहीन रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ

३१ वैशाखः पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित अन्यलाई अनुसन्धानका लागि चार दिन म्याद थप

२७ वैशाखः पूर्वगृहमन्त्री खाण र उनका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ

२७ वैशाखः पूर्वउपप्रधानमन्त्री रायमाझीको नाम जोडिएपछि एमालेद्वारा उनलाई सचिव पदबाट निलम्बन

२० वैशाखः उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ

२० वैशाखः रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ

२० वैशाखः पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी

१९ वैशाखः पूर्वउपप्रधान तथा गृहमन्त्री रामबहादुर थापाका तात्कालिक सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ

१२ चैत: नक्कली शरणार्थी प्रकरणलाई लिएर त्यसको गिरोहका सञ्चालकहरू केशव दुलाल, सानु भण्डारी र टङ्क गुरुङ प्रहरीद्वारा पक्राउ

adb bank long