सरकारको कामबाट कांग्रेस नै आजित भैसक्योः एमाले अध्यक्ष ओली

Telecom

बिराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरारको कामबाट सत्तारुढ दल नेपाली कांग्रेस नै आजित भैसकेको बताएका छन् । मध्यपहाडी संकल्प यात्राको १५औं दिन भोजपुरको पौवादुङ्मा गाउँपालिकाको तिवारीभञ्ज्याङमा आयोजित जनभेटघाटमा बोल्दै उनले एमाले सरकारबाट हटेसँगै देश बर्बादीतर्फ गएको जिकिर समेत गरे ।

प्रचण्ड नेतृत्व सरकारको कामबाट गठबन्धनको घटक कांग्रेस नै आजित भइसकेको भन्दै उनले देशको अवस्था देखेर कांग्रेसकै नेताहरू ८४ सालको चुनाव पर्खन नसक्ने बताउन थालेको बताए ।

ओलीले भने, ‘देशको अवस्था नाजुक देखेर, देशको राजनीति बिग्रिएको देखेर, अर्थतन्त्र बिग्रिएको देखेर ,जनताले दुस्ख पाएको देखेर सबैमा चिन्ता छाउने स्थिति बनेको छ ।’

उनले विकासको सम्भावनाको खोजीका लागि मध्यपहाडी लोकमार्ग केन्द्रित यात्रामा आफूहरू हिँडेको बताएका छन् ।

‘कुनै पनि ठाउँ पछाडि पर्‍यो, कोही पनि गरिब भयो भने समृद्ध नेपाल सुखी नेपाली हुन सक्दैन । त्यसैले सबैको समस्या र सम्भावनाको प्रत्यक्ष अवलोकन गर्न एमाले यो यात्रामा निस्किएको हो ।’

adb bank long