nepal telicom

९ वर्षीय बालिका बलात्कारको आरोपमा बृद्ध पक्राउ

तनहुँ । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शुक्लागण्डकी नगरपालिका७ सेराडी बस्ने ७३ वर्षीय रन बहादुर सारूलाई हिजो दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सारूले ती बालिकालाई आफ्नै घरको कोठामा विभिन्न प्रलोभनमा पारी ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलचौतराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

adb bank long