आफ्नै बुवाको हत्या गरेको अभियोगमा चेपाङ समातिए

Telecom

चितवन । आफ्नै बुबाको हत्या आरोपमा प्ररहीले एकजनालाई पक्राउ गरेको छ । चितवनको ईच्छाकामना गाउपालिका ३ चुम्लिङटाबाट सुनिल चेपाङलाई पक्राउ गरेको हो । आफ्नै बुवा ४१ वर्षीय रामशरणको हत्या गरेको अभियोगमा २१ वर्षीय सुनिललाई हिजो साँझ प्रहरीले पक्राउ गरेको हो ।

सुनिलले सामान्य बादबिबाद हुँदा ढुङगाले प्रहार गर्दा गम्भीर घाइते भएका रामशरणको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय मुग्लिङ र अस्थायी प्रहरी पोष्ट फिस्लिङबाट खटिएको प्रहरीले सुनिललाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

adb bank long