प्रचण्ड सरकारलाई एकपछि अर्को झड्का , आयल निगमका कार्यकारी निर्देशक थानीले पनि दिए राजीनामा

काठमाडौ । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिएका छन् । आज मंगलबार उनले राजीनामा पत्र बुझाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले जानकारी दिएका छन् ।

थानीलाई शेरबहादुर देउवाको मन्त्रिपरिषद्ले २०७८ फागुन २६ गते निगमको कार्यकारी निर्देशकमा तीन वर्षका लागि नियुक्त गरेको थियो । थानीले निगममा एक वर्ष नौ महिना काम गरे ।

समय अगावै थानीले दिएको राजीनामालाई विभिन्न दृष्टिकोणले व्याख्या गर्न थालिएको छ। यसै हप्ता मात्र संघीय संसदका महासचिव भरत गौतमले पनि राजीनामा दिएका थिए भने प्रधानमन्त्री पुष्पकमल दाहालका मुख्य राजनीतिक सल्लाहाकार हरिबोल गजुरेलले पनि राजीनामा दिईसकेका छन्।

यसरी कार्यकाल अगाडी नै एकपछि अर्को राजीनामा आउनुलाई अर्थपुर्ण रूपमा हेरिएको राजनीतिक बिष्लेषकहरू बताउछन् ।  थानीले किन राजीनामा दिनुपर्यो सो कुरा भने बाहिर आईसकेको छैन।

adb bank long