nepal telicom

एमालेको संकल्प यात्रालाई अबरोध गर्ने ८ जना समातिदा कोशीका मुख्यमन्त्रीमाथि ढुङ्गामुढा

काठमाडौ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की चढेको गाडीमाथि पहिचान पक्षधरले ढुंगामुढा गरेका छन् । ढुुङ्गामुढाबाट गाडीमा क्षति भएको छ।

झापाको दमकमा पहिचान पक्षधरले कालो झण्डा देखाउँदै ढुंगामुढा गरेका थिए। पहिचान पक्षधरले प्रहार गरेको ढुंगाले मुख्यमन्त्री सवार प्रदेश १-०४-००१ झ ०००३ नम्बरको गाडीको सीसा फुटेको छ ।

झापाको दमकस्थित कस्मिक पार्टी प्यालेसमा आयोजित लागुऔषधको नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा पहिचान पक्षधरले कालो झण्डा देखाउँदै ढुंगा प्रहार गरेका थिए ।

मुख्यमन्त्री कार्की विरुद्ध पहिचान पक्षधरले कोशी नाम खारेज गर, पहिचान विरोधी होसियार भन्दै नाराबाजी गरेका थिए ।

यता एमालेको संकल्प यात्रामा पनि रूख ढालेर अबरोध गर्न खोजेका आठ जना पहिचान पक्षधरलाई प्रहरीले पक्राउ गरेको छ।

adb bank long