लहान / कुनैबेला सिरहाकाे लहान क्षेत्रका ग्रामिण भेगहरूमा ढकिया ( डाली ) मा कपडा सिलाउने सुई , धागाे , हातमा लगाउने चुरा , नेलकटर , रूमाल , कपालमा लगाउने रूमाल लगायतका सामाग्रीहरू डुलेर बेच्थे सन्ताेष साहकाे परिवार । जनकपुरबाट व्यापार गर्न अाएकाले उनिहरूकाे परिवारलाई जनकपुरिया उपनामले चिनिन्थ्याे । अर्थात उनिहरूकाे परिचय बनेकाेथियाे – जनकपुरिया ।
तर, त्यसरी ढकियामा हजार पन्ध्र सयकाे पुँजी लगाएर धागाेपाेते बेच्ने जनकपुरिया खलककाे अहिले लहानमा परिचय बदलिएकाे छ नवधनाढ्यका रूपमा । जनकपुरिया खलक एकाएक कसरी नवधनाढ्य बन्याे ? श्रृङ्खलाबद्वरूपमा हामी उनिहरूकाे कालाे कर्तुतबारे खुलासा गर्न गईरहेका छाैँ ।
कपडाकाे कलाे व्यापार
जनकपुरिया खलकका दुईभाई अहिले लहानका जल्दाबल्दा व्यापारी हुन् । दुईभाईमध्ये सन्ताेष साहले समैया ट्रेडर्स खाेलेर भारतबाट कपडा तस्करी गर्नथालेकाे धेरैभयाे । महिलाका सबैखाले पहिरन समैया ट्रेडर्समा पाईन्छन् । दैनिक १० लाखसम्मकाे काराेबार हुन्छ समैया ट्रेडर्सबाट । राज्यलाई तिर्ने करभने नगन्य मात्रामा देखिन्छ , लहानस्थित राजश्व कार्यालयकाे रेकर्डमा । अर्थात अार्थिक तरलताकाे सामना गरिररहेकाे देशलाई उनी ठगिरहेकाछन् । देशका ठुला राजश्वमारामध्ये समैया ट्रेडर्सका सञ्चालक सन्ताेष साह पनि एक हुन् ।
उनले भारतबाट तस्करी गर्छन् कपडाहरू । भारतका जयनगर , सिलिगुडी , सितामाडी लगायतका ठाउँहरूबाट कपडा तस्करी गर्छन् सन्ताेष ।
समैया ट्रेडर्स विशाल हाेटलकै लाईनमा छ । समैया ट्रेडर्समा मूल्यसुची राखिएकाे छैन । उनका ग्रहाक भनेका चाैधरी समुदायका साेझा ग्रामिण महिलाहरू हुन् । मनपरी मूल्यमा बेचछन् , सन्ताेषले ।
सन्ताेषलाई सञ्जय , राघव यादव , भगवानलाल साह , देव यादव , थेपा भनेर चिनिने उपेन्द्र यादव लगायतले तस्करीका कपडा ल्याईदिन्छन् । अर्थात समैया ट्रेडर्सका कपडा तस्करीलाई उनिहरूकाे प्रत्यक्ष सहयाेग छ ।
कपडाकाे अावरणमा मिटरब्याज
जिल्ला प्रशासन कार्यालय सिरहाकाे अनुसन्धानमा सन्ताेष साहकाे देखाउने दाँत कपडा तस्करी भएपनि उनकाे भित्रिधन्दा भनेकाे मिटरब्याज हाे । सन्ताेष साहल