एमाले सरकारमा नभएपछि विकास नहुनु र काम रोकिनु स्वभाविक : अध्यक्ष ओली

Telecom

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारमा नभएपछि विकास निर्माणमा ढिला सुस्ती हुनु स्वभाविकै भएको बताउनुभएको छ ।

मध्यपहाडी लोकमार्ग विशेष अभियान “झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा” अन्तर्गत आइतबार नुवाकोटमा आयोजित अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले सरकारमा भएपपछि विकास नहुनु, भएपनि सुस्त हुनु र काम रोकिनु स्वभाविक भएको बताउनुभयो ।

आफू नेतृत्वको सरकारको साढे ३ वर्षको अवधिमा असाधारण काम गरेको स्मरण गर्दै उहाँले एमाले सरकारबाट बाहिरिएपछि विकास निर्माणका काम ठप्प भएका बताउनुभयो । चीनसँगको आवागमनलाई सहज बनाउन टोखा-छहरे सुरुङमार्ग बनाउने लगायत योजना आफूहरुले अगाडि सारेको अध्यक्ष ओलीले बताउनुभयो ।

एमाले नेतृत्वको सरकारले विकासका धेरै कामको सुरुआत गरेपनि अहिलेको गठबन्धा सरकारले त्यसमा ध्यान केन्द्रित गर्न नसकेको र काम अगाडि बढाउन नसकेको ओलीले बताउनुभयो ।

उहाँले भन्नुभयो:-  गल्छी-मैलुङ-रसुवागढी बाटो बनाउने काम थाल्यौं, चीनसँगको आवागमनलाई सहज बनाउन टोखा-छहरे सुरुङमार्ग निर्माण गर्ने योजना अगाडि सार्‍यौं, २४ किलोमिटर स्याफ्रुबेसी-बेत्राबतीखण्डलाई पनि सुरुङ बनाएर काम गर्न योजना अघि सार्‍यौं। त्यसले रेलमार्गका लागि सहज बनाउँछ। काठमाडौंबाट दिल्ली र काठमाडौंबाट बेइजिङ कनेक्सन दुवैतिर सजिलो बनाउँछ। हामीले भारतसँग पनि कुरा गर्‍यौं। रक्सौल-काठमाडौं रेलका लागि भारतले र चीनले पनि काम गरिरहेको छ। हामी सरकारमा छैनौं त्यसकारण केही बिलम्ब भएको छ। हामी सरकारमा नभएपछि ढिलाढाली हुनु , सुस्त हुनु, काम रोकिनु स्वभाविकै हो, जसले जति सक्छ त्यति न गर्छ ।

अहिलेको सरकारले सक्नेजति गरीराखेकै होला भन्ने बताउँदै अध्यक्ष ओलीले भन्नुभयो  । तर सक्ने अवस्था नहुँदा त्यस्तो भएको होला, हामीले साढे ३ वर्षको अवधिमा असाधारण काम गरेका थियौं ।
एमाले नेतृत्वको सरकारले मध्यपहाडी राजमार्ग जहाँसम्म पुर्‍याएको थियो त्यहीसम्म पुगेर कामको गति रोकिएको पनि उहाँले बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो – केही खण्ड हेर्नै आएका हौं हामी, २१ किलोमिटर त ट्रयाक त बनाइएको रहेनछ, त्यसमध्ये १८ किलोमिटर अहिले वनले स्वीकृति दिएर अब बन्ला कि भनेर भनेर आशा पलाएको रहेछ, ३ किलोमिटरको अझै कहाँबाट ट्रयाक जाने भन्ने टुंगो छैन, अनिश्चितता छ, यो बाटो अबिलम्ब बन्नुपर्छ, जनताको असुविधासँग मात्र होइन यहाँको आर्थिक उन्नती र विकास सबैसँग जोडिएको छ ।
एमाले नेतृत्वको सरकार पोखरा र भैरहवामा विमानस्थल बनाएपनि अहिलेको सरकारले ती विमानस्थल चलाउन नसकेको भन्दै उहाँले सरकारलाई हुतिहाराको संज्ञा दिनुभयो ।

नेपाल स्वाधीन स्वतन्त्र देश भएकाले आफैंले त्यसको सम्मान गर्न सक्नुपर्ने अध्यक्ष ओलीले बताउनुभयो । नेपालको हित र फाइदाका लागि छिमेकी वा जुनसुकै राष्ट्रले सहयोग गरेपनि लिनुपर्ने भन्दै उहाँले सहयोग लिँदा राष्ट्रिय हितलाई केन्द्रमा राखेर मात्र लिनुपर्ने बताउनुभयो।

adb bank long