पाल्पा । पाल्पामा आफैले बोकेको बन्दुक पड्किदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा निस्दी गाउँपालिका–४ मित्याल गाङसिङडाँडाका ४८ वर्षीय डम्मरबहादुर सारु रहेका छन्।
मृतक सारू फापर खान बारीमा आएका दुम्सीलाई मार्न भनि बन्दुक बोकेर हिडेका थिए । सारूलाई बारीमा जाने क्रममा चिप्लिएर लडी आफैँले बोकेको बन्दुक पड्केर छर्रा लागेको थियो ।
गएराति छर्रा लागेर घाइते भएका सारुको रामपुर अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीको टोलीले निस्दि गाँउपालिका–४ सपाङ्दीगैरास्थित खरबारीको अम्रिसो घारीमा एकनाले भरुवा बन्दुक एक थान र झोला बरामद गरेको छ । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।