दैलेख । पूर्व प्रधानमन्त्री एबं नेकपा एमालेका अध्यक्ष शर्मा ओली झरीकै बीच बिहानै दैलेखको शिरस्थान मन्दिर पुगेका छन् । बिहानैदेखि परेको सिमसिम पानीको प्रवाह नगरी ओली मन्दिर पुगेका हुन् ।
दैलेखको भैरवी गाउँपालिका–१ स्थित मन्दिर एक ऐतिहासिक मन्दिर मानिन्छ । मध्यपहाडी लोकमार्गको यात्रामा रहेका अध्यक्ष ओलीसहित नेताहरुले मन्दिरमा रहेको सदियौंदेखि बलिरहेको ज्वालाको पनि निरीक्षण गरेका छन् ।