nepal telicom

नेकपा एमालेले आज वीरेन्द्रनगरमा जनसभा गर्ने

सुर्खेत । ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्तर्गत नेकपा एमालेले आज सुर्खेतको वीरेन्द्रनगरमा जनसभा गर्ने भएको छ । जनसभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । एमालेले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियान अन्तर्गत आज दिउँसो १ बजे सुर्खेतको पार्टी कार्यालय परिसरमा हुने जनसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने भएका हुन् ।

जनसभालाई सम्बोधनपछि अध्यक्ष ओली काँक्रेविहार क्षेत्रको अवलोकन र थारु समुदायले आयोजना गर्ने साँस्कृतिक कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको एमालेले जनाएको छ । यस्तै अध्यक्ष ओलीले बेलुका ५ बजे सिद्धार्थ होटलमा उद्योगी, व्यापारी र बुद्धिजीवीसँग भेटघाट गर्ने कार्यतालिका रहेको छ ।

सोही होटलमा बेलुका साढे ६ बजे पार्टी कार्यकर्ता र वीरेन्द्रनगरको कार्यपालिकाको टोलीसँग भेट गर्नेछन् ।

adb bank long