nepal telicom

गुल्मीको वामीटक्सारमा हुने जनसभामा १० हजार मानिस उतार्छौ : अध्यक्ष काउछा

गुल्मी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको  ‘समृद्धिका लागि संकल्प यात्रा ‘  टोली यहि मंसिर २० गते गुल्मीको वामीटक्सारमा आउने  कार्यतालिका छ।

नेकपा एमालेले सुरु गरेको पुष्पलाल मध्यपहाडी लोक मार्गमा केन्द्रित ‘झुलाघाट – चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा ‘ का क्रममा रुकुमबाट बाग्लुङको बुर्तिबाङ हुँदै खर्वाङसम्मको मध्यपहाडी लोकमार्गमा अध्यक्ष ओली आउने र कोखैमा रहेको मुसिकोट नगरपालिकाको केन्द्र वामीटक्सार बजारमा मंसिर २० गते दिउँसो एक बजेको समयमा बिशाल जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले गुल्मीका  जिल्ला अध्यक्ष बालसिंह काउछाले जानकारी दिए।

काउछाले लुम्बिनी प्रदेशका १२ वटै जिल्लाको नेतृत्व उक्त आम सभामा उपस्थित हुने साथै गुल्मी जिल्लाका १२ वटै पालिका ९३ वडा लगाएत छिमेकी बाग्लुङ्गको बडिगाड गाउँपालिका , गलकोट नगरपालिका सहित आम सभामा १० हजार मानिस उतार्ने तयारी गरिएको पनि जानकारी दिए।

आईतवार आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिदै अध्यक्ष काउछाले भने – देशकै चर्चित नेता तथा पूर्वप्रधानमन्त्री ओली आउने भएपछि एमालेजन मात्र हैन सबै दलमा आस्था राख्ने जनता पनि सहभागी हुने अपेक्षा राखिएको छ।

आम सभा वामीटक्सारको स्मार्ट पार्कमा हुने जनाइएको छ । आम सभामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदिपकुमार ज्ञवाली लगायतका नेताहरुले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।

adb bank long