nepal telicom

मुसिकोट नगरपालिकाको नवनिर्मित भवन ओलीले उद्घाटन गर्ने

गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन नेकपा एमालेका अध्यक्ष एबं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् ।

गत मंसिर १४ गतेदेखि  ‘ झुलाघाट – चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रा ‘ मा निस्केको ओली नेतृत्वको टोली मंसिर २० गते गुल्मी जिल्ला आईपुग्नेछ। यही मौकामा अध्यक्ष ओलीले वामीटक्सारमा रहेको मुसिकोट नगरपालिकाको नवनिर्मित भवन पनि उद्घाटन गर्ने छन्।

मंसिर २० गते वामीटक्सारमा जनसभा पनि हुनेछ । बाग्लुङबाट निस्केको टोली २० गते १ बजे वामीटक्सार आइपुग्ने कार्यतालिका छ। वामीटक्सार बाग्लुङ र गुल्मीको सिमाना पनि हो।

adb bank long