अभियानले सुदूरपश्चिमको विकास र समृद्धिको अध्ययन गरेको छ :  महासचिव पोखरेल

Telecom

दैलेख । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले सञ्चालन गरेको अभियानले सुदूरपश्चिमको विकास र समृद्धीका बारेमा अध्ययन गर्ने  काम गरेको बताउनु भएको छ ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत अछाम र दैलेख जोड्ने कर्णाली पुलमा आयोजित अभियानको झण्डा हस्तान्तरण कार्यक्रममा महासचिव पोखरेलले विकास र राष्ट्रिय नीतिको बहिष्करणमा परेको सुदूरपश्चिम प्रदेशको समृद्धीका लागि राज्यले गर्नु पर्ने कामका बारेमा स्थलगत अध्ययन गर्ने काम गरेको उल्लेख गर्नु भएको छ ।

‘यहि मंसिर १४ गते बैतडीको झुलाघाटमा पार्टी अध्यक्ष श्रद्धेय केपी शर्मा ओलीले राष्ट्रिय झण्डोत्तोलन गरेर शुरु गर्नु भएको अभियानले बैतडी, डडेल्धुरा, डोटी, अछाम हुँदै कर्णाली आइपुगेको छ’, महासचिव पोखरेलले भन्नुभयो, यसक्रममा हामीले सुदूरपश्चिमको विकास र  समृद्धीका संभावनाका खोजि गर्ने, हाम्रा (एमालेका) बारेमा जनस्तरमा छरेका भ्रमहरु चिर्ने, सुदूरपश्चिमका नागरिकसँग भलाकुसारी गर्ने काम गरेको छ ।

अभियान शुरु भएको पहिलो दिन वास बस्न डडेल्धुरा पुग्नु भएका पार्टी अध्यक्ष ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेर जिल्लामा आएको जानकारी गराउँदै राजनीतिक संस्कार प्रस्तुत गर्नु भएको जानकारी महासचिव पोखरेलले गराउनु भएको छ ।

adb bank long