सिरहा । सशस्त्र प्रहरी बल, नेपालले सिरहामा आठ लाख रुपैयाँ बरामद गरेको छ । बरियारपट्टी गाउँपालिका ३, चमारटोलमा चेकपोइन्ट टोलीले साइकल जाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त रकम फेला परेको हो ।
भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका एक जनाको साथबाट फेला परेको रकम भन्सार कार्यालय माडरमा बुझाइएको बताइएको छ ।