nepal telicom

राजतन्त्रको कुरा गर्नेहरु देशद्रोही हुन्ः एमाले अध्यक्ष ओली

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्रको कुरा गर्नेहरु देशद्रोही भएको बताएका छन् । समृद्धिको लाग सङ्कल्प यात्रामा निस्किएका ओलीले आज दैलेखको राकममा आयोजित सभालाई सम्बोधन गर्दै प्रक्रियावादीहरू गणतन्त्रलाई उल्टाउने प्रयासमा लागे पनि उनीहरूको यो कुचेष्टा सफल नहुने दाबी समेत गरे ।अहिलेको व्यवस्थाविरुद्ध वितृष्ण फैलाउन अनेक तत्त्वहरूले काम गरिरहेको आरोप लगाए ।

‘आज कोही प्रतिगमन तिर फर्कने कुरा गर्दैछ भने त्यो देशद्रोही हो, त्यो लोकतन्त्र विरोधी हो, त्यो जनतालाई गरिब राख्न खोज्ने कुरा हो’, ओलीको भनाइ छ । लोकतन्त्रको विरोधमा बोल्ने र त्यसबारे सोच्ने व्यक्ति नेपाल र नेपालीको हितको पक्षमा नरहेको स्पष्ट पार्दै ओलीले भने, ‘त्यो नेपाल र नेपालीको हित विपरीतको कुरा हुन्छ ।’

अहिले देशको अर्थतन्त्र चौपट भएर देशमा गरिबी बढेको भन्दै ओलीले एमाले सरकारमा छँदा युवा बिदेसिने क्रम घटेको, देशमा स्वरोजगारी बढेको र देश विकासले गति लिएको स्मरण गराए । ‘फेरि पनि एमाले चाहिन्छ देश विकासको लागि, देशलाई विकासको बाटोमा अघि बढाउनको लागि नेकपा एमालेको एकल बहुमतको सरकार चाहिन्छ’, पुर्वप्रधानमन्त्री ओलीको भनाइ छ ।

adb bank long