nepal telicom

अछामको गौरीटाँडमा ‘समृद्धिको लागि संकल्प यात्रा’ को टोलीलाई भव्य स्वागत

काठमाडौं । समृद्धिको लागि संकल्प यात्रामा निस्किएको नेकपा एमालेको टोलीलाई अछामको गौरीटाँडमा भव्य स्वागत गरिएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा समृद्धिको लागि संकल्प यात्राको टोली सो स्थानमा पुग्दा ठुलो सङ्ख्यामा स्थानीयले स्वागत गर्नुभएको थियो । एमाले अध्यक्ष ओली लगायतका नेताहरूलाई स्वागत गर्न स्थानीय तथा पार्टीका नेता कार्यकर्ता लाम लागेर बस्नुभएको थियो ।

एमालेको टोलीलाई उहाँहरूले माला लगाएर स्वागत गर्नुभएको छ । सो क्रममा एमाले अध्यक्ष ओली लगायतका नेताहरूले स्थानीयसँग त्यहाँको वस्तुस्थितिका बारेमा छलफल गर्नुभएको छ।

नेकपा एमालेले सुदूरपश्चिम बैतडीको झुलाघाटबाट मध्यपहाडी पुष्पलाल लोकमार्गलाई आधार बनाएर पाँचथरको चिवाभञ्ज्याङसम्म समृद्धिको लागि संकल्प यात्रा सुरु गरेको छ । यात्राका क्रममा मध्यपहाडको अवस्था र विकासको सम्भावना पहिचान गर्ने एमालेले जनाएको छ ।

स्वागतपछीको सम्बोधनको क्रममा अध्यक्ष ओलीले बिनोद शाहको हत्याको बिरोध गर्दै सरकार हत्यारालाई जोगाउन लागिपरेको भनाई राख्नु भएको थियो।

adb bank long