nepal telicom

‘झुलाघाट- चिवाभञ्ज्याङ’ अभियान सफल पार्न कास्की एमालेका दिनहु छलफल र बैठक

पोखरा । झुलाघाट स्थित महाकाली नदी देखि सुरु भएको नेकपा एमालेको समृध्दिका लागि संकल्प यात्रा कास्की जिल्लामा भव्य रुपमा सम्पन्न बनाउन दैनिक जसो छलफल र योजना बनाउने काम भैरहेको छ ।

यसै क्रममा आज अन्नपूर्ण गाँउपालिकाको बैठक बसेको छ ।
अध्यक्ष केपी शर्मा ज्यू नेतृत्वमा यात्रारत रहेको टोली यही २१ गते कास्की आाईपुग्नेछ र २२ गते लमजुङ तर्फ लाग्ने नेकपा एमाले   प्रचार विभागका सदस्य रामकृष्ण ज्ञवालीले जानकारी दिनुभएको छ।

यात्रा बैतडीको झुलाघाट देखि  पुष्पलाल मध्यपाहाडी पुर्व पश्चिम लोकमार्गमा भैरहेको छ। तीन साता लामो यात्रा पाँचथरको चिवा भञ्ज्याङमा पुगेर समापन हुनेछ ।

adb bank long