काठमाडौ। नेकपा एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ आज अछाम पुग्दैछ । हिजो डडेलधुराको अमरगढीमा आमसभा सकेर अघि बढेको टोली साँझ डोटीको सिलगढीमा बास बसेको र आज त्यहाँबाट अछाम जान लागेको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । गौतमका अनुसार स्थानी बासिन्दाहरुसँग अन्तरक्रिया गर्दै टोली अघि बढ्ने छ ।
बिहानको खाना साँफेबगरमा खाएर साँझको बास अछामको मंगलसेनमा हुने गौतमले जानकारी दिए । उनका अनुसार चौखुट्टे, साँफेबगर र बयलपाटामा स्थानीय बासिन्दा, पार्टी कार्यकर्ताहरुसँग भेटघाट हुनेछ । दिउसो मंगलसेनमा आमसभाको तयारी रहेको छ । टोलीले आज १०५ किलोमिटर यात्रा गर्ने छ ।