रिमाल परिवार भन्छ कर्ममा विश्वास गर फलको पनि आशा गर

काठमाडौं ।
सदा जसो बेलुकीको खाना खाएपछि पारिवारिक सल्लाह र परामर्श हुन्छ । भोलि बिहानको कामको बाँडफाँडको लागि कसले कहाँ के काम गर्ने भन्ने बारेमा ।
काठमाण्डौ ९ पुरानो बानेश्वरमा इलाम अर्गानिक स्टोर सञ्चालन गर्दै आएका पदमलाल रिमालको परिवारको दिनचर्या हो यो ।
बिहान कस्ले कहाँ कति सामाग्री पुर्याउने भन्ने अर्डर स्लिपको आधारमा कामको बाँडफाँड पछि मात्र उनीहरूको त्यस दिनको दिनचर्या सकिन्छ ।
काठमाण्डौ भ्यालीभित्र ९ वटा शाखा खोलेर परिवारका सबै सदस्य सहित दर्जन वढीलाई रोजगार दिएका पदमलालका छोरा देवेन्द्र यतिखेर सफल उद्यमीको रुपमा परिचित छन् ।
उनीहरूले दुग्ध जन्य उत्पादको बिक्री केन्द्रको हव नै बनाएका छन् आफ्ना सबै पसलहरू । उनको पसलमा दूध घिउ छुर्पी पनिर दही बटर नौनी चिज खुवा सहित सबै प्रकारका दुग्ध जन्य उत्पादनहरू पाइन्छ भने सबै प्रकारका दालहरु ,कोदो फापर जौ गहुँको पिठो चामल सिस्नोको पिठो ,अकबरे खसानी ,विभिन्न प्रकारका अचारहरू सहित पूर्वी नेपालको अर्गानिक चियाका विभिन्न प्रकारहरू पसलबाट खुद्रा र होलसेल बिक्री हुन्छ ।
यसका अलावा गुन्द्रुक सिन्की मह लगायत स्थानीय उत्पादनहरूको माग पनि उच्च रहेको बताउँछन् सञ्चालक देवेन्द्र रिमाल । उनीहरूको पसलबाट गुन्द्रुक सिन्की विदेश समेत जाने गरेको छ । उनीहरूले जर्मनीमा गुन्द्रुक र सिन्की सहित केही स्थानीय उत्पादनहरू सप्लाइ गर्ने गरेका छन् ।
इलाम अर्गानिक स्टोरसँग परिवारका ५ जना सदस्यहरू समाहित छन् । बजारको सम्भावना राम्रो देखेर कान्छो भाइ पर्शुराम रिमालले सहकारीमा खाँदै गरको ४५ हजारको जागिर छोडेर आफ्नै व्यवसायमा समय दिन थालेका छन् ।
उपभोक्ताको हित र स्वास्थ्यलाई अधिकतम ध्यानमा राखेर सञ्चालनमा ल्याएको उनीहरूको उद्योग अहिले आकर्षणको थलो बन्दै गएको छ । एक पटक सामाग्री खरिद गर्न आएका ग्राहकहरू करिव अन्यत्र नजाने पसलकी प्रोपाइटर देवका रिमाल बताउँछिन् । हुनपनि उनीहरूको पसलमा ग्रामीण क्षेत्रमा उत्पादित अर्गानिक सामाग्रीहरू नै हुने गरेका उपभोक्ताहरूले बताउने गरेका छन् ।
सचेत उपभोक्ताहरू अव कुन सामाग्री कस्तो गुणस्तरको हो भन्ने कुराको हेक्का समेत राख्न थालेको भन्दै देवका भन्छिन् अर्गानिक र गुणस्तरीय सामाग्रीले बजारको खास मागलाई धान्नै सक्दैन ।
उनीहरूका काठमाण्डौका ९ वटा पसलबाट दैनिक ८ सय देखि एक हजार लिटर दूध सप्लाइ गर्दै आएको रिमाल परिवार मासिक ८ देखि १० क्विन्टल घ्यू ,४ सय देखि ५ सय केजी चिया बिक्री हुने गरेको बताउँछन् ।
काठमाण्डौमा कृषि जन्य र दुग्ध जन्य उत्पादनको राम्रो माग भएपनि अस्वस्थ र कम गुणस्तरका सामाग्रीहरुले उपभोक्तालाई मात्र होइन राम्रो सामाग्री बिक्री वितरण र व्यवस्थापन गर्ने व्यवसायीलाई समेत मार पर्ने गरेको उनीहरूको गुनासो छ ।No description available.
मिसावट युक्त सामाग्रीले बजार ओगटेको कारण गुणस्तरीय सामाग्रीहरू बेच्ने आफूहरूका पसलहरू कहिले कँही समस्यामा पर्ने गरेको देवेन्द्रको बुझाई छ । यसलाई तिनै तहका सरकार र निनका निकायले वास्तविक रुपमा अनुगमन र नियमन गर्नु पर्ने उनको धारणा छ ।
www.ilamorganic.com.np नामक वेबसाइट मार्फत उनीहरूले आफ्ना उत्पादन र उत्पादनको बजार मूल्य नै राखेका पनि छन् । त्यसैलाई आधार बनाएर अधिकांश ग्राहकहरूले सामाग्री अर्डर गर्ने गरेका छन् ।
आम सञ्चारमा देखेका विज्ञापनबाट प्रभावित भई इलामको रेडियो पत्रकारितालाई चटक्कै छोडेर काठमाण्डौ हानिएका देवेन्द्रले दुइ वर्षको मेहनतपछि बुवा आमा सहित परिवारका आधा दर्जन सदस्यलाई यही केन्द्रित गर्दै व्यवसायमा जमेका छन् । हुन त उनी वैदेशिक रोजगारीको सिलसिलामा केही वर्ष विदेश पनि गएका थिए ।
भोलि कसले के गर्ने अघिल्लै दिन सर सल्लाह गर्छौ । सबै हर हिसाबको मुख्य जिम्मेवार बुवा पदमलालले हेर्नु हुन्छ आमाले घर परिवारको रेखदेख देखि भात भान्छा सहित उब्रिएको समय पसललाई दिनुहुन्छ हामी दुई दाजुभाइ व्यवसायको बजारीकरण सामाग्री संकलन र व्यवस्थापन गर्छौ देवेन्द्र भन्छन् ।No description available.
कोरना लकडाउन आर्थिक मन्दी थुप्रै थुप्रै समस्या सँगै वजारमा ठूलो रकम ( करिव ६६ लाख ) डुवेता पनि यही पेशालाई भाग्य भविष्य ठानेर लागिपरेको उनीहरूको भनाई छ ।
सुदूर पूर्वको पाँचथरका रिमाल परिवार पेशा व्यवसायको खोज सँगै इलाम हुँदै काठमाण्डौमा नाम र कार्यक्रम मात्र होइन उत्पादन नै बेच्नुपर्छ भन्ने ध्याउन्नले लागी परेका छन् । उनीहरूको बुझाई छ कर्म पनि गर्नुपर्छ अनि फलको पनि आश गर्नुपर्छ ।No description available.
देशमा तिन तहका सरकार छन् हामी जस्ता वास्तविक कृषक र कृषिजन्य सामाग्रीहरूको व्यवसाय गर्नेहरूको वास्तविक पहिचान गरी आवश्यक साथ सहयोग राज्यले गर्न सके कृषि र पशुपालन क्षेत्रमा युवाहरूको आकर्षण थपिने जसका कारण विदेशिने युवा जनशक्ति रोक्नमा समेत मद्दत गर्ने देवेन्द्र रिमालको तर्क छ ।

adb bank long