nepal telicom

नेपाली राजनितिका ब्याट्स्मेन ओली क्रिकेटको ब्याटिङमा उत्रिएपछी…..

पोखरा । समकालीन राजनितीमा छुट्टै पहिचान बनाएका नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपि शर्मा ओली हरेक कुरामा अब्बल देखिन्छन् ।

उमेरले ७० काटेका ओली म्याराथुन दौड होस् कि क्रिकेट जहाँ पनि आफुलाई फिट देखाउन पछि पर्दैनन्। टेबलटेनिस त उनको लागि सामान्य जस्तै भएको छ। त्यसैले त उनलाई राजनितिक ब्याट्स्मेन भन्दा फरक नपर्ला !

आज मदन भण्डारी स्पोर्टस् एकेडेमीद्वारा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आयोजित ‘केपी ओली कप राष्ट्रिय टि–ट्वान्टी’ क्रिकेट  प्रतियोगिताको उद्घाटन  गर्न पुगेका ओलीले कार्यक्रममा बलिङ् र ब्याटिङ गरेर सबैलाई चकित पारेका छन् ।

adb bank long