nepal telicom

विश्वकप छनौट : नेपाल र यमनबीचको खेल आज बेलुकी ७ बजे

काठमाडौ । बिश्वकप छनौट अन्तर्गत नेपाल र यमन बिचको फुटवल खेल आज बेलुकी ७ बजे हुने भएको छ।  एन्फाका प्रतिनिधि अल्बर्टो अनेसेको आग्रहमा खेललाई   बेलुका गर्न लागिएको हो।

अनेसेले विदेशको तुलनामा नेपालमा टिकट मुल्य सस्तो भएकाले पनि रंगशालामा दर्र्शक बढी आउन सक्ने बताएका थिए । साथै उनले दर्शक रंगशालामा आएर खेल हेरिदिन पनि आग्रह गरेका थिए ।

खेल अबेरसम्म चल्न सक्ने भएको हुँदा एन्फाले समर्थकका लागि बसको पनि व्यवस्था गरेको छ । यसका लागि टिकटको अर्धकट्टी देखाउनुपर्नेछ । दर्शकहरुको सुविधाका लागि उपत्यकाको विभिन्न ठाउँमा बसको व्यवस्था गरिएको प्रतियोगिता संयोजक दीपक खतिवडाले बताए ।

adb bank long