nepal telicom

माइतीघर-नयाँ बानेश्वर सडक खण्डमा १ महिनाको लागि निषेधित क्षेत्र घोषणा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक महिनासम्मका लागि माइतीघर-नयाँ बानेश्वर सडक खण्डमा धर्ना, जुलुस, प्रदर्शन, सभा, अनशन गर्न नपाइने गरी निषेधित क्षेत्र घोषणा गरेको छ ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले मंसिर ४ देखि ३० दिनसम्मका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी बस्नेतले सोमबार एक आदेश जारी गर्दै पाँच जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना घेराउ, अनशन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाइने जनाएका हुन् । ‘एक वा सोभन्दा बढी समूहद्वारा एकै मिति, समय र स्थानमा भेला जम्मा भई अनशन, धर्ना, घेराउ र विरोध प्रदर्शनजस्ता कार्यक्रम आयोजना गर्दा विभिन्न समूहबीच आपसी विवाद, झैझगडा, मुठभेड एवं भिडन्त भई शान्तिसुरक्षा भंग हुनेसक्ने तथा हुलदंगा वा अशान्ति हुनसक्ने भई समग्र रूपमा शान्ति सुरक्षामा प्रत्यक्ष असर पर्ने’ भएकाले निषेधाज्ञा लागु गरिएको प्रजिअ बस्नेतद्वारा जारी आदेशमा उल्लेख छ ।

निषेधित क्षेत्र घोषणाको आदेश जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिससमेतका आधारमा गरिएको हो ।

मंसिर ७ गते माइतीघरमा दुई छुट्टाछुट्टै समूहले प्रदर्शन गर्ने तयारी गरिरहेका बेला काठमाडौं जिल्ला प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो ।

adb bank long