काठमाडौ । यही मंसिर ७ गते काठमाडौमा हुन लागेको युवा संघ नेपाल र मेडिकल माफिया दुर्गा प्रसाई नेतृत्वको विशाल आमसभा फरक फरक स्थानमा गर्न वा स्थगित गर्न काठमाडौं जिल्ला प्रशासन कार्यालयले दुई विकल्प प्रस्तुत गरेको छ ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले या एकले कार्यक्रम स्थगित गर्न वा आफुले भनेको ठाउँमा कार्यक्रम आयोजना गर्न विकल्प दिएको हो । काठमाडौं जिल्ला प्रशासन प्रमुख जितेन्द्र बस्नेतलाई दुवै पक्षलाई केही घण्टाको समय दिइएको जानकारी दिए ।
दुवै समूहले माइतीघरदेखि नयाँ बानेश्वर क्षेत्रमा एकै दिन कार्यक्रम गर्ने भन्दै अनुमति मागेकाले समस्या भएको बताए । ‘एकै ठाउँमा एकै दिन कार्यक्रम गर्न त सम्भव हुँदैन । त्यसैले हामीले उहाँहरुलाई विकल्प दिएका छौँ’, उनले भने ।
काठमाडौ जिप्रकाले संभावित मुठभेडलाई आंकलन गर्दै यस्तो निर्देशन दिएको हो ।
अहिले एमाले नेता बस्नेत र प्रसाईबीच राजनीतिक रुपमा शितयुद्ध चलिरहेको छ । उनीहरु मिडियामा एकअर्काप्रति कटाक्ष गर्दै प्रस्तुत भईरहेका छन् । यस्तो अवस्थामा मंसिर ७ गते हुने कार्यक्रममा दुवैपक्षबीच मुठभेड हुन सक्ने भएकोले यस्तो सुझाव दिएको हो ।