चितवन । चितवनमा पोथी बाघ मृत भेटिएको छ । भरतपुर महानगरपालिका वडा नं. २७ मेघौलीको हरियाली मध्यवर्ती सामुदायिक वनमा अन्दाजी सात वर्षको पोथी बाघ मृत अवस्थामा भेटिएको हो ।
शरीरका विभिन्न ठाउँमा घाउ चोटहरु रहेको अवस्थामा मृत भेटिएको बाघ जुधेको हुन सक्ने अनुमान निकुञ्जले गरेको छ । चितवन निकुञ्ज र यस आसपासका वन क्षेत्रमा १२८ बाघ रहेको पछिल्लो सर्वेक्षणले देखाएको छ । नेपालभर ३५५ बाघ छन् ।