nepal telicom

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ घाइते

रुकुम । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा कम्तिमा २२ जना घाइते भएका छन् ।

आज बिहान चौरजहारी नगरपालिकाको खोलागाउँदेखि सदरमुकाम मुसिकोट खलंगातर्फ जाँदै गरेको लु १ज २२९७ नम्बरको जिप मध्यपहाडी लोकमार्ग अन्तर्गत चौरजहारी नगरपालिका-८ गैरीजिउला भन्ने स्थानमा दुर्घटना भएको हो । जिप सडकबाट करिब २५० मिटर तल भेरी नदी किनारमा खसेको छ ।

प्रहरीका अनुसार ५ जना घाइतेको अवस्था गम्भीर छ ।घाइतेहरुलाई उद्धार गरी चौरजहारीको मिसन अस्पतालमा लगिएको छ ।

adb bank long