nepal telicom

राैतहटबाट चार थान अत्याधुनिक हतियार बरामद

रौतहट । सशस्त्र प्रहरी बल नेपालले रौतहटबाट आज चार थान अत्याधुनिक हतियार बरामद गरेको छ । शसस्त्रकाे ईन्टेलिजेन्स  ब्यूरोले रौतहटस्थित यमुनामाइ नगरपालिका –३ स्थित एक घरबाट आइतबार दिउँसो ९ एमएम पेस्तोल ३ नाल, त्यसमा लाग्ने गोलि १३ गोटा, म्याग्जिन ६ वटा तथा एयर गन १ नाल समेत बरामद भएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

सो घरमा हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाको आधारमा ब्यूरोले आइतबार दिउँसो सो घरमा खानतलासी गर्दा उक्त परिणामकाे हतियार फेला परेकाे हाे। बरामद हतियार मध्ये २ नाल पेस्तोल मेड इन यु एस ए र एक नाल मेड इन इन्डिया लेखिएको छ ।

हतियारसहित मोबाइलको सिमकार्ड, मोबाइल, शेख एजाज अहमदको नाममा जारी गरिएको नागरिकतासमेत बरामद भएको डीएसपी थापाले बताए । क्षेत्रमा थप अप्रेशन जारी छ भने केही व्यक्ति घरभित्र ढोका थुनेर बसेको अवस्थामा रहेका छन् ।

adb bank long