nepal telicom

बैतडीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, पाँच घाइते

बैतडी । बैतडीको दोगडाकेदारमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

कालागाउँबाट सिल्लेगडातर्फ आउँदै गरेको से १ ज ६०३ नम्बरको जीप शनिबार दोगडाकेदार–३ घोडेधारनजिकै दुर्घटनामा परेको हो।

दुर्घटनामा दोगडाकेदार–८ कालागाउँका ३५ वर्षीय अम्मर विष्टको मृत्यु भएको खोचलेक प्रहरीचौकीका इञ्चार्ज नवलसिंह भाटले जानकारी दिए। विष्टको घटनास्थलमै मृत्यु भएको थियो।

यस्तै, कालागाउँकै ३० वर्षीया कलावती विष्ट, सोही ठाउँका ४५ वर्षीया हिरा विष्ट, चार वर्षीय रियाग विष्ट, सात वर्षीया सुशीला विष्ट र ६० वर्षीय पद्म विष्ट घाइते भएका छन्।

घाइतेमध्ये कलावती र हिराको अवस्था गम्भीर रहेको बैतडी प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

गम्भीर घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ भने अन्यको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

adb bank long