nepal telicom

विश्वकप उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौ । एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अष्ट्रेलिया खेल्दैछन् । नरेन्द्र मोदी स्टेडियम अहमदावादमा नेपाली समयअनुसार दिउँसो सवा २ बजे उपाधि भिडन्त सुरु हुने छ ।

सेमिफाइनलमा भारत न्युजिल्याण्डलाई र अष्ट्रेलिया दक्षिण अफ्रिकालाई पराजित गरेर फाइनल पुगेका हुन् । आठपटक फाइनल पुगेको अष्ट्रेलियाले अहिलेसम्म पाँचपटक विश्वकप जितेको छ । चारपटक फाइनल खेलेको भारतले दुईपटक उपाधि चुमेको छ ।

विश्वकपको फाइनलमा यी दुई देशबीच सन् २००३ मा भएको खेल अष्ट्रेलियाले जितेको थियो । भारत र अष्ट्रेलियाबीच अहिलेसम्म १ सय ५० वटा एकदिवसीय खेल भएका छन् । जसमा अष्ट्रेलियाले ८३ वटा खेल जितेको छ । भारतले जम्मा ५७ वटा जितेको छ ।

विश्वकपमा भारत र अष्ट्रेलियाबीच १३ पटक खेल भएकोमा आठपटक अष्ट्रेलियाले र पाँच पटक भारतले जितेको छ । यो विश्वकपमा यी दुई टोलीको पहिलो खेल भारतले जितेको थियो ।

adb bank long