nepal telicom

टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा ७ वटा रिट

काठमाडौं । सामाजिक सञ्जाल टिकटकलाई नेपालमा प्रतिबन्ध लगाउने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा ‌७ वटा रिट निवेदन पेस भएका छन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, सुनिल रञ्जन सिंह, स्वागत नेपाल, बाबुराम अर्याललगायतका कानुन व्यवसायीले सर्वोच्चमा रिट पेस गरेका हुन् ।

रिटमा टिकटक बन्द गर्ने सरकारको निर्णय गैरकानुनी र संविधानको भावनाविपरीत रहेको दाबी गरिएको छ ।

सामाजिक सञ्जालको नियमन गर्ने सम्बन्धमा दूरसञ्चार तथा प्रविधि क्षेत्रका विज्ञ सम्मिलित कार्यदल गठन गर्ने आदेशको पनि रिटमा माग गरिएको छ ।

adb bank long