nepal telicom

हमासले भन्यो- इजरायलले ५ दिन युद्धविराम गरे बन्धक बालबालिका र महिलालाई छाड्छौं

एजेन्सी । प्यालेस्टाइनको सशस्त्र विद्रोही समूह हमासले इजरायलले पाँच दिनसम्म युद्धविराम गरेमा बन्धक बनाइएका बालबालिका र महिलाहरुलाई छाड्ने प्रस्ताव गरेको छ ।

कतारी मध्यस्थकर्तासमक्ष प्यालेस्टाइनी विद्रोही समूह हमासले इजरायलले पाँच दिन युद्धविराम गरे ७० महिला र बालबालिका मुक्त गर्ने वाचा गरेको हो ।

हमासको सशस्त्र ब्रिगेडका प्रवक्ता अबु उबैदाले जारी गरेको भिडियो सामग्रीमा युद्धविराम पूर्ण पालना र गाजा क्षेत्रका सम्पूर्ण भूभागमा मानवीय सहायता सामाग्री तथा उद्धारको काम गर्न दिनुपर्ने सर्त राखिएको छ । सम्झौता प्रस्तावमा इजरायलले ढिलासुस्ती र इन्कार गरेको आरोप पनि हमासको छ । इजरायलले आफ्ना करिब २४० जनालाई हमासले बन्धक बनाएको अनुमान गरेको छ ।

इजरायली सेनाको आक्रमणमा गाजाका प्रमुख अस्पतालहरुमा समेत ठूलो मानवीय क्षति भएको छ । विश्व स्वास्थ्य संगठनले अस्पताल चिहानजस्तै भएको बताएको छ ।

इजरायल-हमासको युद्धमा हालसम्म ११ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन् । तीमध्ये चार हजार ६३० बालबालिका र तीन हजार १३० महिला छन् ।

adb bank long