nepal telicom

राजेश्वरी भन्छिन् – कर्ममा विश्वास गरे लक्ष्यमा पुग्न पक्कै सकिन्छ

काठमाडौ । सुदुरपश्चिम अछाम जिल्लाको साँफेवगर नगर पालिका वडा नम्बर ३ प्रभाकी राजेश्वरी रावल काठमाण्डौमा व्यवसाय गर्छिन । १३ वर्षको कलिलो उमेरमा तत्कालिन सुचना तथा संचार राज्य मन्त्रीको स्वकिय सचिवसँग बैवाहिक वन्धनमा बाँधिएर ०५६ साल साउनमा काठमाण्डौ आएकी उनलाई दुख र संघर्ष राम्रो संग थाहा छ । १३ बर्षको कलिलो उमेरमा जवरजस्ति (अनमेल) बैवाहिक बन्धनमा वाँधिएर काठमाण्डौ छिरेकी उनले १६वर्षमा छोरा पाईन अनि सुरु भए उनका दुःख र संघर्षका दिनहरु ।

मदिराका निकै सौखिन  श्रीमानकी कान्छि श्रीमती बनेर काठमाण्डौ आएकी उनलाई माइती र घर परिवारले हेलाँ होचो र अर्घेलो गर्ने नै भयो । त्यस्तो बेलामा श्रीमानसँग छुट्टीएर काखे बालखसँग काठमाण्डौमा संघर्ष गर्नु सामान्य थिएन नै । त्यसमा पनि उनलाई चियो चर्चौ र कुरा काट्ने नाता गोता र आफन्तहरुको कमी थिएन । हतियारले काटेको घाउ निको हुन्छ,तर बोलि बचन र व्यवहारले काटिएको चोट कहित्यै निको हुन्न त्यस्ता सबै कुरा सहेकी छन् राजेश्वरीले ।

मनको बह कस्लाई न कहि भने झै त्यति बेलाका हैरानी समस्या सम्झँदा आफूलाई अत्यास लाग्ने गरेको स्मरण ताजै छ राज्यश्वरीको मानस पाटलमा  ।

तत्कालिन अवस्थामा मन्त्रीको पि.ए (स्वकीय सचीव ) समेत रहेका श्रीमानबाट उमेर बढाएर बनाएको नागरिकता धितो राखेर भाँडा वर्तन साहुसँग लिएर व्यापारमा हिंडेकी उनले तीन सयको  सामान तत्कालिन मन्त्री गोविन्द शाहलाई एक हजारमा विक्री गर्दा सगरमाथा चढे झै हौसला र उत्साह भएको त्यो वेलाको स्मरण गर्छिन् । घरबेटीलाई एक वर्ष सम्म भाडा तिर्न नसक्दा उनिहरुकै घरधन्दा र काम समेत गर्नुपरेको दुखको  दर्दनाक कथाको नालिबेलिको  स्मरण उनिसँग छ ।

सडक विभागको फोन रिसीप्सनिष्ट भएर मासिक २४ सय  जागीर खाएपछि एक वर्षको भाडा तिर्न सकेको र त्यस्तो समयमा घरबेटीले लगाएको त्यो गुन कहिल्यै विर्षन नसक्ने उनको स्मरण छ । जागीरकै सिलसिलामा काठमाण्डौको रेडीसन पोखरा र भारतको गोहामा क्यासीनोमा काम गरेर मनग्य पैसा कमाएको त्यसैले नै आफ्नो जीवनको सुधार भएको सम्झिन्छिन् । दश हजार बाट सुरु गरेको उनको जागिर समय सन्दर्भमा जिउने राम्रो आधार भएको स्मरण गर्छिन् ।

समयको दौरानसँगै क्यासीनो व्यवसाय वन्द भएपछि उनले काठमाण्डौको सिनामंगलमा  जी एन आर क्याफे सुरु गरीन ८ हजार मासिक भाडाबाट सुरु गरेको उनको खाजा पसल अहिले सुदुरपश्चिम खाजाघर एण्ड गेष्ट हाउस भनेर नाम परिवर्तन गरेकी छन् भने एक लाख ८५ हजार भाडा तिर्छिन् ।

कोरनाको संक्रमण र देशको आर्थिक मन्दिको कारण व्यवसाय धरासायी भयो ठूलो नोक्सानी व्यहोर्नु पर्यो । कोरना कहरमा ६० लाख वढी रकम घाटा र नोक्सानी व्यहोर्नु पर्यो ।

दुखको बेला खाना नपाएर तिजको व्रतमा ढलेको (मुर्छा परेको ) घटना पछि आफू त्यस यता कहिल्यै तिजको व्रत समेत नवसेको सम्झँदै त्यस्तो दुख गरेर भएपनि पढाएको छोराले अहिले व्याचलर सकेर जागीर गर्न थालेको साथै आफ्नो व्यसवायमा समेत भरपुर साहयोग गर्न थालेपछि अफू अन्य सामाजिक काममा पनि लाग्न हौसला मिलेको वताउँछिन् ।

अव मेरा दुखका दिन गए उनि भन्छिन् । साना तिना दुख त दुख समेत नभएको अनुभूति हुने गरेको भन्दै  उनले छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेढी भने जस्तो पैसा भएपछि आफन्तहरु समेतले साथ सहयोग मायाँ ममता गर्ने गरेको अनुुभव स्मरण गर्छिन ।

इमान्दारीता प्रतिवध्दता र संघर्षको प्रतिफल स्वरुप आफ्नो प्रतिष्ठा उचालेकीले नै अहिलेको आफ्नो अवस्था भएको भन्दै समस्याम कोही पनि नआत्तिई निरन्तर कर्ममा विश्वास गर्ने हो भने पक्कै पनि एक दिन लक्ष्यमा पुुग्न सकिने उहाँको धारणा छ । यहि प्रतिवध्दता स्वरुप उनले अहिले आफ्ना क्षेत्रका दर्जनलाई रोजगारी दिनुका साथै समस्यामा भर समेत गरेकी छन् ।   विभिन्न सामाजिक संस्थामा आवध्द भएर जिल्लावासीहरुको सामाजिक काममा पनि साथ सहयोग गर्दै आएकी छन् ।

संघर्षको एउटा कथा हो राजेश्वरी भन्दा फरक नपर्ने गरी दुख हण्डर र सास्ति व्यहोरेकी उनी धर्ममा भन्दा कर्ममा विश्वास गर्न सबैलाई भन्छिन् ।

adb bank long